पाक्षिक इपेपर

Download | Old E-paper
ताजा समाचार

पोखरा चेम्वर अफ कमर्श द्धारा राजदुत सँग अन्तरक्रिया

 

 

पोखरा चेम्वर अफ कमर्स कास्कीले उद्योग, वाणिज्य तथा अर्थतन्त्र क्षेत्रका समसामयिक विषय र देशको समृद्धिमा निजि क्षेत्रको योगदान र भुमिका तथा यस क्षेत्रको प्रवद्र्धन र सम्भावनाको खोजि गर्ने कार्यक्रम अन्र्तरगत विभीन्न विषयमा विषयगत विज्ञहरु सँग संस्थाका पदाधिकारीहरु विच अन्तक्र्रिया गर्ने कार्यक्रम अन्र्तरगत पोखारा चेम्वर अफ कमर्श कास्कीको आयोजनामा पोखरामा एक औपचारिक कार्यकमका विच क्यानाडाका लागी नव नियुक्त राजदुत भृगु ढुङ्गाना सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरकृया कार्यक्रममा सहभागी राजदूतले मुलुकका लागि लगानी भित्र्याउन र व्यापार प्रवर्द्धनका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएका हुन्। नवनियुक्त राजदूतले आर्थिक कुटनीतिलाई अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। अवका दिनमा आफुले सम्बन्धित देशमा गएर नेपालमा हुन लागेको लगानी सम्मेलन र भिजिट नेपाल २०२० सफल बनाउन केन्द्रित हुने बताए । हामी देशको आर्थिक विकास र कुटनीतिक सम्बन्ध विस्तारका लागि राजदूत भएर जान लागेका हौं,’ देश समृद्ध बन्नलाई उत्पादन र निर्यात बढ्नु पर्ने बताए । सोका लागि अबका दिनमा व्यवसायीहरुले अयात प्रतिस्थापन गरी निर्यात गर्ने बस्तु उत्पादनमा लागूपर्ने बताए । आफ्नो कार्यकालभरि समृद्ध नेपाल सुखी नेपाली को नारालाई सार्थक तुल्याउन लाग्ने समेत बताए । यैगरी पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनारले गण्डकी प्रदेशको पर्यटन उद्योगको विकास, गण्डकी प्रदेशले घोषण गरेको आन्तरिक पर्यटन वर्ष २०१९, र लगानी सम्मेलन, लाई सफल वनाउन सहयोग गर्न तथा देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न , आर्थिक कुटनीतिलाई मजबुत वनाउन आग्रह गरे ।
राजदुतहरुले नेपालको राष्ट्रिय स्वार्थ पुरा गर्नलाई नेपालको ब्यापार प्रबद्र्धन, लगानी अभिबृद्धी, पर्यटनको विकास र कृषि क्षेत्रको आधुनिकीकरणमा बिशेष पहल गर्न अपील समेत गरेका छन् । उक्त कार्यक्रममा पर्यटन व्यवसायी टान पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष हरी भुजेल, नाटा पश्चिमाञ्चल क्षेत्रिय संघका अध्यक्ष सन्तोष पोख्रेल, पुर्व पर्यटन वोर्डका सदस्य टिकाराम सापकोटा तथा पोखरा चेम्वर अफ कमर्स कास्कीका कार्यसमिती पदाधिकारी विच अन्तरक्रिया भएको थियो ।

FacebookTwitterGoogle+PrintShare