एन्फाका पूर्वमहासचिव शाहीको निधन

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको निधन भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिवसमेत रहेका शाहीको ६५ वर्षको उमेरमा आइतबार साँझ दैलेखमा निधन भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारका सदस्यलाई उदृत गर्दै जनाएका छन् ।शाहीको विभिन्न अंगमा समस्या देखिएको थियो । उनको पुर्ख्यौली घर दैलेखमै उनको अन्तिम संस्कार गरिने भएको छ ।

शाही नेपाली फुटबलले पाएको उत्कृष्ट गोलकिपरमध्ये एक हुन् ।उनले ८० को दशकमा नेपाली टोलीबाट खेलेका थिए । पछि उनी नेपाली फुटबलको प्रशासन र व्यवस्थापकको रुपमा रहेरसमेत काम गरे । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही त्यसको सदस्य थिए । पछि उनी एन्फाको महासचिवसम्म बने ।उले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए ।उनी नेपाल आइस हक्की संघका संस्थापक अध्यक्षसमेत हुन् ।

Facebook Comments