ओटेफद्वारा अन्तराष्टिय पर्वतीय संग्रहालय अवलोकन

सुस्ताएको पर्यटनलाई उकास्न अ पर्यटक लक्षित कार्यक्रम आबश्यक -सांसद पहारी

पोखरा, २० असोज
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले दशैको अवसरमा शुभकामना आदानप्रदानसँगै अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गरेको छ । पर्यटनलाई चलायमान गराउने उद्देश्य सहित पोखरा १७ रातोपैह्रो स्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको अवलोकन गरेको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिव पहारीले कोरोना महामारीले सुस्ताएको पर्यटनलाई उकास्न अब पर्यटक लक्षित कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पर्वतीय पर्वतारोहणबाट पर्यटकीय गतिविधि बढाएर पर्यटकलाई आर्कषक गर्न सकिने धारणा राख्नुभयो । सांसद पहारीले पर्यटकलाई अनअराइभल भिसा दिएर पर्यटकलाई डुल्न घुम्न सहज गराउनुपर्ने उहाँको भनाइ थियो । कोरोनाका कारण पर्यटन व्यवसायी निकै मर्कामा परेको उल्लेख गर्दै प्रदेशका अर्थमन्त्रीले करको दायरा बढाउने कुरा गर्नु ‘गलगाड माथिको पिलो’ जस्तै भएको बताउनुभयो । उहाँले आयको दायरा बढाउने कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।


पर्वतीय पर्वतारोहण सञ्चालक समिति सदस्य हरि लामिछाने संग्रहालयमा वार्षिक औषत साढे तीनलाखपर्यटक अवलोकनका लागि आउने गरेको जनाउँदै यसलाई पर्यटकको आकर्षक गन्तब्यको रुपमा विकास गर्न थप नीतिगत योजनाहरु आवश्यकता रहेको औल्याउनुभयो ।
संस्थाका अध्यक्ष पार्वती पाण्डेले हिमालको देश भनेर चिनिने नेपालमा हिमाल आरोहीहरुको आरोहण क्रममा प्रयोग गरेका सामग्री संग्रहित संग्रहालय निकै महत्वपूर्ण रहेको जनाउँदै हिमाल पढ्न बुझ्नेहरुकालाई संग्रहालय महत्पूर्ण स्थल रहेको बताउनुभयो । कोरोना पछि समयमा संस्थाले पर्यटन प्रवद्र्धका लागि विभिन्न कार्यक्रमलाई जोड दिदै आएको उहाँको भनाइ थियो ।
संस्थाका सल्लाहाकार देवकापहारीले कोरोनाका कारण सिजनको समयमा पनि पर्यटन क्षेत्र सुनसान बन्न पुगेको बताउनुभयो । उहाँले पर्वतीय संग्रहालयलाई पर्यटनको उत्कृष्ट गन्तब्यको रुपमा विकास गर्न थप प्रचार प्रसारको खाँचो औल्याउनुभयो । कार्यक्रममा ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा रेग्मी भण्डारी, सचिव ममता न्यौपाने लगायतले संस्थाको गर्दै आएको गतिविधि र भावि कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।

Facebook Comments Box