Trending

केपी ओली सरकारले भूमिहीनलाई लालपुर्जा दिन्छ -अध्यक्ष वैरागी


पोखरा । भूमि सम्बन्धी आयोग कास्कीका अध्यक्ष दामोदर बैरागीले केपी ओली नेतृत्वको सरकारले भूमिहीनहरुको समस्यालाई समाधान गर्ने बताएका छन् ।
नेकपा पोखरा ३१ को कार्यकर्ता भेलामा बोल्दै नेकपा केन्द्रिय सदस्य समेत रहेका उनले अब कोही पनि भुमिहीन नहुने दाबी गरे ।
बिगतमा लालपुर्जा बाँड्छु भन्दै धेरैले जनतालाइ ढाटेको भन्दै अब केपि ओलिको सरकारले लालपुर्जा दिने उनको बताए ।
नेता वैरागीले चुनावमा जाने कुरा प्रतिगामी हुनै नसक्ने बताए ।
‘ताजा जनादेशका लागी जनताको बिचमा जाने विषय प्रतिगामी हुनै सक्दैन’,उनले भने,‘अब देश चुनावी माहोलमा होमिसक्यो चुनावको तयारीमा लागौं’ ।
नेकपा वडा नं ३१का अध्यक्ष गणेश थापाले आगामी फागुन १५ गते अमरसिंह चौरमा हुने बृहत आमसभालाई सफल बनाउन सबै आ आफ्नो ठाउँबाट लाग्नुपर्ने भनाइ राखे ।

Facebook Comments