खाने र लैजाने एकै थलो,पोखरामा खुल्यो १० कराेडमा ‘सेभन स्टार फुड एण्ड मार्ट ’

पोखरा । एकै ठाउँमा गएर आफुलाई मनपर्ने परिकारहरु खान र घरमा आवश्यक सामानहरु लैजाने थलोको रुपमा पोखरामा ‘सेभन स्टार फुड एण्ड माटर्’ सञ्चालनमा आएको छ
पोखराकै सात जना युवाहरुको सामूहिक लगानीमा दश करोड रुपैयाँ लगानीमा पोखरामा ‘सेभन स्टार फुड एण्ड माटर्’ सञ्चालनमा आएको हो । स्वदेशमा नै केही गरौं भन्ने सामुहिक भावना भएका सात जना युवा साथीहरु मिलेर फुड एण्ड मार्ट सञ्चालनमा ल्याएको फुड एण्ड मार्टका अध्यक्ष राजु भुवाइँले जानकारी दिए ।
‘हामीले भौतिक संरचना निर्माण गर्दै गर्दा कोभिड –१९ को चपेटामा पर्यौ , तर पनि हामी विचलित नभई चुनौती भित्र अवसर खोजेर अगाडि बढ्यौ र आज सञ्चालनमा ल्याउन सफल भयौं ’,उनले भने ।
रेष्टुराँमा पारिवारिक वातावरणमा विभिन्न स्वादिष्ट खानाका परिकारहरु पाइन्छ भने एक सय २० जना ग्राहकको क्षमता रहेको छ । त्यसैगरी मार्टमा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइएको छ । निकट भविष्यमानै स्थानीय उत्पादनलाई प्राथमिकता दिएर तरकारी,फलफूल र मासु बिक्री केन्द्र राखिने अर्का सञ्चालक डिल्लीराम पनेरुले जानकारी दिए ।
युवाहरु राजु भुवाइँ, कुष्ण रानाभाट, बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, डिल्लीराम पनेरु, अर्जुन अधिकारी र सूर्यराज घिमिरेले उक्त फुड एण्ड मार्टमा सामुहिक लगानी गरेका छन् । हाल फुड एण्ड मार्टमा ३५ जनालाई रोजागार प्रदान गरिएको छ ।
शनिबारबाट सञ्चालनमा आएको मार्टको गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले औपचारिक रुपमा उद्धाटन गरेका छन् । प्रमुख शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताए ।
उनले देशको माटोको माया गररेर जन्मभूमी प्रति कर्म गर्ने युवाहरु प्रति सधै गर्व लाग्ने बताउँदै स्वदेशमा केही गर्न चाहाने युवालाई सबैले प्रोत्साहन गरेर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिब पहारीले सात युवाको सामुहिक भावनाबाट शुरु भएको व्यवसायको सफलताको शुभकामना दिदै स्वदेशी उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिए । विकासको सूचक पूर्वाधार मात्र नभइ स्वदेशमा कति युवा उद्यमशीतमा छन् कतिले रोजगार पाएका छन् भन्ने कुराले पनि निर्धारण गर्ने भएकाले युवालाई स्वदेशमा लगानी गर्ने वातावरणमा सबैले साथ दिनुपर्नेमा उनले जोड दिए ।
अर्का प्रदेश सभा सदस्य विन्दुुकुमार थापाले कोभिड– १९ को कारण धेरै व्यवसायी व्यवसायबाट पलायन भइरहेको अवस्थामा ७ युवाको साझा उद्देश्यले फुड एण्ड मार्ट सञ्चालनमा आउनु सकारात्मक भएको बताए ।
पोखरा –३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले समृद्धिको सपना कर्मले स्थापित हुने बताउँदै युवालाई सबैले हौसला दिनुपर्ने बताए ।
पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनार सामुहिक भावनामा शक्ति हुने भएकाले आर्थिक समृद्धिमा युवाको सहभागिता महत्वपूर्ण हुने विश्वास लिए