गण्डकीका मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, पक्षमा २७ र विपक्षमा ३० मत

पोखरा, २७ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । गुरुङले प्रदेश सभाको आजको बैठकमा विश्वासको मत मागेका थिए । विश्वास मतको प्रस्तावको पक्षमा मत र विपक्षमा मत परेको छ । विश्वासको प्रस्तावको पक्षमा नेकपा एमालेको सांसदले मात्रै मत दिएका छन् भने प्रदेश सभामा रहेका अन्य चार दलले विपक्षमा मत जाहेर गरेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसे । स्वतन्त्र सांसद राजिव गुरुङ (दिपक मनाङे) बैठकमा अनुपस्थित रहे ।

Facebook Comments Box