Trending

जनउत्तरदायी र जिम्मेवार राजनीतिक दलहरूले मात्र उपलब्धिहरूलाई रक्षा गर्ने – निबर्तमान साम्सद भट्टराई

पोखरा ,माघ २२
बिघटित प्रतिनिधि सभाका सदस्य एबम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य बिद्या भट्टराई अधिकारिले जनउत्तरदायी र जिम्मेवार राजनीतिक दलहरूले मात्र प्राप्त उपलब्धिहरूलाई रक्षा गर्न सक्ने बताउनु भएको छ। बिहीवार सामाजिक संजालमा आफ्नो धारणा सार्बजनिक गर्दै भट्टराईले सो कुरा बताउनु भएको हो।उहाँले लोकतान्त्रिक ब्यबस्थामा दलहरुको आचरणले समाजलाई समेत निर्देशित गर्ने भएकोले दलहरु राज्यका अङ्ग बन्छन् उल्लेख गर्नु भएको छ। निर्वाचनमा ब्यक्ति र दल दुबैका लागि जनताले मत दिएको हुन्छ्न भन्ने सवाललाई दलहरूले मनन् गर्नुपर्ने उहाँको भनाइ छ।

Facebook Comments