Trending

टेसा पोखराको अध्यक्षमा नारायण सापकोटा, मौद्रिक नीति कार्यान्वयन गर्न माग


पोखरा, २२ माघ
ट्रेकिङ इकुपमेन्ट सप एशोसियसन (टेसा) पोखराको बुधबार सम्पन्न २३ औं साधारण सभा तथा १३ औं अधिवेसनले नारायण सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले आगामी दुई वर्षको लागि सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रमोद भण्डारी, उपाध्यक्ष रामजीप्रसाद अधिकारी, महासचिवमा टिकाबहादुर लम्साल, सचिवमा टिकाराम लम्साल, कोषाध्यक्षमा महेन्द्र जिसी चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा रमेशराज अधिकारी, मिलन सापकोटा, केशवराज बाँस्तोला र बुद्धिबहादुर बस्नेत रहेको टेसा पोखराको निवर्तमान अध्यक्ष रामचन्द्र गिरीले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष सापकोटाले कोभिड– १९ को कारण पर्यटकीय गतिविधि ठप्प हुँदा ट्रेकिङ इकुपमेन्ट व्यवसायीहरु थप समस्यामा रहेको बताउनुभयो । उहाँले व्यवसायीका हकहितका लागि विभिन्न पर्यटन सम्बद्ध संघसंस्था सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता व्यत्त गर्नुभयो ।
अधिवेसनको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोनाले व्यवसायीले चुनौती सामाना गरिरहेको अवस्थामा पछिल्लो राजनीतिक घटनाक्रमले मुलुक अस्थिरता तिर धकेलिएको पर्यटन क्षेत्रमा यसले प्रभाव पार्ने बताउनुभयो ।
आन्तरिक पर्यटन पुर्नउत्थान समिति गण्डकी प्रदेशका संयोजक अग्नी कँडेंलले कोभिड १९ को अवस्थामा पर्यटनलाई चलायमान गराउन आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यसँगै प्रदेशका ११ वटै जिल्लामा समिति गठन गरी प्रदेशमा भएका पर्यटन उत्पादनको प्याकेजमा सार्वजनिक गर्ने बताउनुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले सरकारले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर सहज नीति नियम बनाउनुपर्ने बताउनुभयो । उहाँले मौद्रिक नीतिको झण्झटिलो प्रक्रियाले व्यवसायीले सास्ती भोगेको उल्लेख गर्दै साना तथा मझौला व्यवसायीले पनि राहत पाउने गरी सरकारले मौद्रिक नीति कार्यान्वयन गर्नुपर्ने जोड गर्नुभयो ।
टेसा पोखराका अध्यक्ष रामचन्द्र गिरी संस्थाको गतिविधिसहित वर्तमान अवस्थामा व्यवसायीले भोग्नु परेका समस्याका बारेमा आफ्नो धारणा राख्नभएको थियो । उहाँले पोखरामा टेसामा आवद्ध ७० वटा व्यवसायी सप सदस्य रहेको जानकारी दिनुभयो ।
तस्बिर उपलब्ध छ ।

Facebook Comments