Trending

ढाँटेर राजनीति हुँदैनः सांसद भट्टराई


पोखरा, २५ वैशाख ।
संघीय सांसद विद्या भट्टराई अधिकारीले नागरिकलाई गुमराहमा राखेर राजनीति गर्न नहुने बताएकी छन् । जनप्रतिनिधि जनताप्रति उत्तरदायी रहनुपर्ने जनाउँदै उनले ढाँटेर राजनीति नगर्न सुझाइन् ।
नेकपा एमाले पोखरा २१ द्वारा आयोजित मतदाता भेटघाट कार्यक्रममा बौल्दै उनले भनिन्, ‘जनताको दुख सम्बोधन गर्न सक्ने नै नेता हो । नेताप्रति जनताले आशा गरेका हुन्छन्, उहाँहरुको आशालाई निराशामा परिणत हुन दिनु हुँदैन । ढाँटेर राजनीति हुँदैन, हामी हाम्रा बाचामा सधैं प्रतिबद्ध हुनैपर्छ ।’
स्वर्गीय एमाले नेता रविन्द्र अधिकारी पत्नी समेत रहेकी सांसद भट्टराईले स्वर्गीय नेताले देखेको कोेरेको विकासको सपना पुरा गर्ने बताइन् । ‘उहाँले देख्नुभएको विकास र समृद्धिको सपना पुरा गर्न कुनै कसर बाँकी राख्ने छैन । उनले भनिन्, ‘जनताका आवश्यकता, चाहाना र विकास निर्माणका कार्यहरु पहिलो प्राथमिकता हुन् । सो अनुरुप नै हामी अघि बढिरहेका छौं ।’ संसाद भट्टराइले पोखरा २१ स्थित फुस्रे खोला, रमदी, मट्टीखान, नुवाकोट जोड्ने बाटो छिट्टै निमाण गर्ने प्रतिवद्धता जनाइन् ।
नेकपा एमाले पोखरा २१ का अध्यक्ष राजेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज अर्जुन गिरी, एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार दिपक सुवेदी, फुस्रे खोला रमदी बाटो निर्माण उपभोेक्ता समिति अध्यक्ष देविबहादुर थापा, स्थानीय तथा वडा कमिटी उपाध्यक्ष खगराज न्यौपाने लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव रोशन भट्टराईले गरेका थिए । 

Facebook Comments Box