नेकपा एमाले पोखरा २ मा घरदैलो कार्यक्रम जारी

पोखरा, वैशाख २५ ।
पोखरा महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उमेद्वार दीपक शाहले बहुमत दिएर आफूसहित आफ्नो टिमलाई जिताएमा २ नं वडालाई नमुना वडाका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । घरदैलोका क्रममा स्थानीयसंग भेटघाट गर्दै प्रत्यासी शाहले वडाका वडावासीको हरेक समस्या आफूले समाधान गर्ने बताए । आफूले लामो समयदेखि राजनीति गर्दै आइरहेको बताउँदै शाहले अबको जीवन वडाको समृद्धि तथा विकासका लागि व्यतित गर्ने बताएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै वडामा एमालेका तर्फबाट वडाध्यक्षका उमेद्वार शाहसहित खुल्ला सदस्य जनार्दन सुवेदी र मंगल साई, महिला सदस्य उर्मिला पराजुली र दलित महिला सदस्य हरिमाया परियार मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त छन् । चुनावी माहोल तातेको बेला एमाले उमेद्वारलाई जिताउन नेता तथा कार्यकार्ता साथ दिएका थिए ।