पर्यटकीय गन्तव्य आलमदेवि

अमृत पाण्डेय । नेपाल पर्यटकीय गन्तव्यका लागी उपयुक्त मुलुक मानिन्छ विश्वका धेरै देशवाट नेपाल मा विदेशीहरु घुम्न र केही कुरा सिक्नका लागी आउने गर्दछन् । नेपाल मा भएका पर्यटकीय गन्तव्य हरु मध्ये सम्भावना वोकेको ठाउं आलमदेवी मन्दिर क्षेत्र पनी एक हो । महत्वपुर्ण ठांउ भएर पनी राज्यवाट पछाडी परेको यस क्षेत्र पर्यटनका लगी निकै सम्भावना वोकेको क्षेत्र हो । प्रयाप्त प्रचार प्रसार को अभावमा प्राकृतिक र सांस्कृतिक विविधताको अनुपम उपहार हुदा हुदै पनी राज्यको नजर पुग्न नसक्दा अझेलमा परेको छ । नेपाल विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने दक्षिण एसियाली भू परिवेष्ठित मुलुक हो । आलमदेवि मन्दर क्षेत्रलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकीने प्रसस्त सम्भावना रहेको छ । आलम देविमा पुग्नका लागी पश्चिमाञ्चल विकास क्षेत्रको पोखरा हु“दै स्याड्डजाको पर्यटकीय क्षेत्र सिरुवारी बाट पश्चिम तर्फ नेपालको सबैभन्दा ठूलो जलविद्युत परियोजना कालीगण्डकी जलविद्युत परियोजना हुदै विर्घा वाट करिब १ घण्टाको उकालो हिडेपछी आलमदेवी गा.वि.स.को वडा नं. ६ मा पर्ने आलमदेवी मन्दिरमा पुग्न सकिन्छ । यातायातको सुविधापनी भएकाले पैदल हिड्न अप्ठेरा मान्नेहरुका लागी यातायातका साधन वाट पनी जान सकीन्छ । उत्तर, दक्षिण र पश्चिमबाट कालिगण्डकी नदिले घेरीएर रहेको यस मन्दिर कोटाकोट वेसी, लसर्घा वेसी र बिर्घा फाटको सिरमा समुन्द्री सतहबाट करिब ३,००० मिटर उ“चाइमा रहेको छ । साविक स्याड्डजा जिल्ला क्षेत्र नं. ३ को साविक आलमदेवी गा.वि.स.हाल कालीगण्डकी गाउपालीका वडा नं ३ मा पर्ने यस मन्दिरको उत्तरतर्फ दृश्यावलोकन गर्न सकिने अन्नपूर्ण र माछापुच्छ्रे हिम श्रृङ्खलामा रहेका छन् भने मन्दिरको दक्षिणतर्फ फर्कदा पाल्पा तानसेनको श्रीनगर डा“डा र नेपालकै ताजमहलको रुपमा रहेको प्राचिनकालिन दरवार रानीमहल सुन्दर बस्तीहरु छेर्लुङ र सटुका देख्न सकिन्छ ।

यस मन्दिरको दक्षिणी तर्फ अवस्थित भव्य र आलिसान महल रानीमहलले राणाकालिन प्रधानमन्त्री खड्गशमसेरको सम्झना गराउदछ । मन्दिरको पश्चिमतर्फ सुगन्ध नेपालको बानारसको रुपमा चित्रित रुरु क्षेत्र र रुद्रवेणी रहेको छ । मन्दिरको बिचमा रहेको भिमसेन पातिको रुख, यसको फेदमा परेको प्वाल ले मानिसलाई कौतुहलता तुल्याउदछ त्यहां मगर जातीका पुजारीहरुले पुजा आजा गर्ने प्रचनल रहेका छ । साविक आलमदेवी गा वि समा खास गरी मगर जातीको वाक्लो वस्ती रहेको छ । यस मन्दिरको ऐतिहासिक पृष्ठभूमिको बारेमा अध्ययन गर्दा भारतको चित्तोडमा राज्य गरी बस्ने मिचाखा“ण र खाम्चा खा“णहरु मुसलमानहरुको आक्रमणमा परेपछि त्यहा“बाट भागेर भारतको गढवाल हु“दै नेपाल प्रवेश गरे । गुल्मीको रिडी हु“दै चण्डीभञ्ज्याड्ड बाट हाल मन्दिर रहेको स्थान आइपुग्दा सा“झ प¥यो र त्यस ठाउ“मा भिमसेन पातीको रुख र समथर स्थान देखी त्यही रुखमूनि बास बसे । अर्कोदिन बिहान उठेर हेर्दा आफ्नो साथमा लिएर आएकी इष्टदेवी रुखको फेदमा गहिरो प्वाल पारेर अलप भएको पाए । उक्त प्वाल काली गण्डकीको तीर सम्म नै पुगेको र त्यो प्वालबाट कालीगण्डकी नदी सुस्याएको समेत सुन्न सकिने किंवदन्ति रहेको स्थानीय वताउछन् । यसरी आफ्नी इष्टदेवी अलप भएपछि उनीहरुकै व्यवस्थापनमा मन्दिर स्थापना गरेर अलपदेवीको नाममा पुजा आजा गर्न थाले र त्यही स्थानमा लसर्घाकोट राज्यको स्थापना गरेर केही समय राज्य सञ्चालन गरी बसे । हालको मन्दिर तिनै अलपदेवीको नाम अपभ्रंस भएर आलमदेवी रहन गएको भन्ने पाइन्छ । केही समयपछि ती राजाहरु भिरकोट, नुवाकोट, कास्की र लमजुङ हु“दै गोर्खा राज्यको स्थापना गरी राज्य सञ्चालन गरे । कुल मण्डन खाणले दिल्लीका वादशाहालाई खुशी बनाएर शाह उपाधि पाएपछि नेपालमा शाहावंशिय राजाहरुको राज्य सञ्चालनको परम्पराको थालनी भयो । नेपाल राज्यको एकीकरण पछि पनि तत्कालीन शाहावंशिय राजाहरुले क्रमश आलमदेवीलाई आफ्नी कुलदेवीको रुपमा मानेर पुजा आजा गर्दै आएको परम्परा छ । प्र्त्येक वर्षको दशैमा नेपालका राज हरु आलमदेविमन्दीरमा आउने गर्दर्थे भने अहिले पुर्व राज पनी पुजाआजा गर्न आउने गर्दछन् ।धार्मिक रुपमा यस मन्दिरमा एकपटक दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । विशेष गरी यस मन्दिरमा नवदुर्गा र चैते दशैमा रागा, बोका, भेडा, परेवा र कुखुराको वली दिने गरेपनि हरेक समयमा दर्शनाभिलाषि भक्तजनहरुको घ“ुइचो लाग्छ । यस मन्दिरमा मन्दिर वरपरको क्ष्ँेत्रहरु स्याड्डजा, गुल्मी र पाल्पा बाहेक कास्की,रुपन्देही ,कपीलवस्तु ,नवलपरासी ,अर्घाखाचि , लमजुङ, पर्वत, वागलुङ, गोर्खा र काठमाडौं लगायतका स्थानहरुबाट आफ्नो मनोकांक्षा पुरा गर्ने अभिलाषाका साथ आइपुगेका हुन्छन् । पञ्चेवाजा र पञ्चवली सहितको पूजा आजा, चैते दशैमा हुने तरवार सहितको नाच र मन्दिरमा पूजा गर्ने स्थानिय मगर जातीहरुका पुजार्री सांस्कृतिक परम्पराहरु रहि आएका छन् । मगर जातीहरु नै पुजारी रहनुको कारण खोज्दै जादा तत्कालिन लर्सघाकोट राज्य स्थापना गरी बस्ने राजाले स्थानीय राना थर रहेकी मगरनीलाई विवाह गरेका थिए र जसबाट जन्मेको सन्तानलाई पुजारी मान्दै आएको परम्परा रहेको स्थानीय वताउछन
। ऐतिहासिक यस मन्दिर र यस वरपरको क्षेत्रको धार्मिक, सांस्कृतिक र सामाजिक एवं पर्यटकीय भरिपूर्णता भौगोलिक विकटता उपयुक्त प्रचार प्रसारको अभाव, राजनैतिक खिचातानी एवं राज्य र जनप्रतिनिधिहरुको दृष्टि पुग्न नसक्नुका साथै स्थानीयहरुको यस मन्दिर र यस वरपरका धार्मिक सांस्कृतिक एवं पर्यटकीय क्षेत्रहरुलाई जोडेर दीर्घकालीन एकीकृत विकास गुरुयोजनाको खा“चो रहेको छ, यस मन्दिरलाई मन्दिरबाट करिब २ घण्टाको पैदल यात्रामा पुग्न सकिने गुल्मी, पाल्पा र स्याड्डजाको संगमस्थल रुरु क्षेत्र, गुल्मीको रुद्रवेणी पाल्पाको रानीमहल, आलमदेवी गा वि स मा रहेको वडरकुन शिला त्यसको पारी गुल्मी जील्लामा पर्ने ठुलावगर जहां हिलेका प्रभु आएर वसेको ठांउ जहां नेपाल का पुर्व राजा र राजपरीवार का सदस्य आउजाउ गर्ने गरेको त्यहांका स्थानीय वताउने गर्दछन् । गुल्मी, पर्वत र स्याड्डजाको संगम स्थल सेतीवेणी र कालिगण्डकी जलविद्युत परियोजना जस्ता पर्यटकीय र धार्मिक एव सांस्कृतिक स्थानलाई सहज जोड्ने सडक यातायातको विस्तार, उपयुक्त प्रचार प्रसार र दर्शनाभिलासीहरुको लागि खान र बस्नको लागि सुविधा सम्पन्न होटल आदी जस्ता भौतिक पूर्वाधारको विकासको आवश्यकताका साथै मन्दिर परिसरको जग्गाको अभाव देखिएकोले त्यस वरपरको क्षेत्रमा मुअब्जा दिएर केही जग्गा मन्दिरले अतिक्रमण गर्नुपर्ने देखिन्छ । यस क्षेत्रको विकासले पर्यटनको विकास स“गस“गै त्यस क्ष्ँेत्रको आर्थिक र सामाजिक विकास हुने भरीपूर्ण सम्भावना बोकेको देखिन्छ । आलम देवि मन्दिर पुग्दा त्यस आसपासका क्षेत्रको अवलोकन गर्न सकिन्छ पोखरा वाट नजिक भएकालेपनी पोखरा आउने पर्यटकका लागी आलमदेवी जान सजिलो छ त्यस संगै स्याड्डजाको पर्यटकीय क्षेत्र सिरुवारी को अवलोकन गर्न आउने पर्यटकलाई पनी आलमदेवी राम्रो गन्तव्य हुन सक्छ ।

Facebook Comments Box