पीएसजीको सनसनीपूर्ण जीत, २५ वर्षपछि सेमिफाइनलमा

पेरिस सेन्ट जर्मेनले एटलान्टाविरुद्ध सनसनीपूर्ण पुनरागमन गर्दै पछिल्लो २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । एटलान्टाका मारियो पासालिचको गोलको कारण हारतर्फ अग्रसर बनेको पीएसजीले खेलको अन्तिम मिनेटमा गोल फर्काउँदै उत्कृष्ट पुनरागमन गर्न सफल भएको हो ।ब्राजिलियन फरवार्ड नेयमारको पासमा मार्किन्होसले बराबरी गोल फर्काए भने इन्जुरी समयमा किलियान एम्बाप्पेले एरिक म्याक्सिम चुपो–मोटिङका लागि विजयी गोलका लागि अवसर सृजना गरे ।

पीएसजीले अब अर्को सेमिफाइनलमा आरबी लेइपजीग र एथ्लेटिको म्याड्रिडबीचको विजेतासँग खेल्नेछ ।

खेलमा नेयमारले लियोनेल मेस्सीको एक खेलमा सबैभन्दा बढी ड्रिबलिङको कीर्तिमान पनि बराबरी गरेका छन् । मेस्सीले सन् २००८ मा म्यान्चेस्टर युनाइटेडविरुद्ध एकै खेलमा १६ वटा ड्रिबल पूरा गरेका थिए । नेयमारले बुधबारको खेलमा सो उपलब्धि बराबरी गरे ।

Facebook Comments