पोखरा उध्योग बाणिज्य संघ को पवन प्रजापती समुहको लामाचौर देखि प्रचार अभियान सुरु

पोखरा
पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी अध्यक्ष तथा संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिको समुहले आज देखि चुनावी घरदैलो कार्यक्रम सुरु गरेको छ । अध्क्षय प्रजापति महासचिव वलराम आचार्य सहित अन्य सदस्यहरुले पोखराको लामाचौरबाट घर दैलौ सुरु गरेका हुन् । घर दैलो कार्यक्रममा मतदाताहरु सगँ वोल्दै अध्यक्ष प्रत्यासी प्रजापतिले व्यावसायिक वातावरण निर्माण र उद्योगी÷व्यवसायीहरुको सम्मान अभिवृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको मतदाताहरुसगँ बताउनु भएको थियो ।
कोभिड १९ ले थला परेको व्यवसायलाई पुनर्रउत्थान गर्ने दोश्रो लक्ष्य रहेको भन्दै प्रजापतीले आफ्ना मतदाताहरुसगँ सधै सह कार्य गरेर अगाडी वढ्ने बताउनु भयो ।
प्रजापतीले आफ्नो प्यानलमा सबैखाले व्यवसाय अंगालेका महिला तथा पुरुष व्यवसायी रहेकाले आफ्नो प्यानल समावेशी रहेको दावी गर्नु भयो ।प्रजापतिले यही भाद्र २४ र २५ गते हुने संघको निर्वाचनका लागी भदौ ६ गते आफु र आफ्ना् प्यानलको नाम सार्वजनिक गर्नुभएको थियो ।
घरदैलो कार्यक्रम महासचिव पदका उम्मेदवार वलराम आचर्य लगाएत अन्य सदस्य पदका उम्मेदवारहरुले मतदाताहरुको प्रतिक्रिया सकारात्मकपाएको बताउनु भएको थियो ।