पोखरा पर्यटन परिषदद्वारा १५ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण

मानव जीवन रक्षा पहिलो प्राथमिकता– मुख्यमन्त्री गुरुङ

पोखरा ,१६ जेठ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आज पोखरामा आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री गुरुङले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवन रक्षा लागि प्रदेश सरकारले प्राथमिकता साथ काम गरेको बताउनुभयो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलेबाट पनि खोपको लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेको जनाउँदै मन्त्रीपरिषद्बाट पनि खोप खरिद गर्नेको लागि संघसरकारलाई सिफारिश गरेको जानकारी दिनुभयो ।
उहाँले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको उल्लेख गर्दै स्वास्थ्य उपचारका लागि आवश्यक पूर्वाधार निर्माणको कार्य दु्रत गतिमा भइरहेको उहाँको भनाइ थियो । स्रोत साधन र जनशक्तिको समेत अभाव हुन नदिन सरोकारवालाई निर्देशन दिइरहेको जनाउँदै उहाँले बेला बेलामा हुने ‘टेक्निकल इरर’का कारण विरामीको मृत्यू हुने दुखद भएकोे र यसलाई गम्भिर रुपमा लिएको बताउनुभयो ।
“पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार अस्पताल भएको छ अब सङ्क्रमितको उपचारको लागि कुनै पनि समस्या हुँदै न” उहाँले परिषद्ले उपलब्ध गराएको अत्यावश्यक स्वास्थ्य उपकरणले कोभिड १९ का विरामीलाई उपचारमा सहज हुने बताउनुभयो ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले कोभिड १९ को महामारीको समयमा मानवीय जीवनलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने धारणा राख्नुभयो । उपलब्ध स्रोत साधनको सदुपयोग र परिचालनमा चिकित्सक एवम् स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुने जनाउँदै महामारीको समयमा परिषद्को सहयोगले मानव जीवन रक्षामा ठूलो भूमिका खेलेको बताउनुभयो ।
मुख्यमन्त्रीले उक्त सामग्री संक्रामक तथा सरुवा रोग अस्पतालका चिकित्सक विकास गौचन, पश्मिाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डुक बहादुर क्षेत्री र मातृशिशु मितेरी अस्पतालका चिकित्सक पुष्कर गौचनलाई हस्तान्तरण गर्नुभएको थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराइले कोरोना महामारीको अवस्थामा मानवीय सेवालाई केन्द्रविन्दुमा राख्दै परिषद्को नेतृत्वमा उक्त सामग्री छिमेकी मुलुक चीनबाट आयात गरीएको जानकारी दिनुभयो । “सामाजिक उत्तरदायित्वसँग मानवीय सेवालाई केन्द्रविन्दुमा राखेर स्वास्थ्य सामग्री आयात गरेर अस्पतालहरुलाई हस्तान्तरण गरेका हौँ ।” भट्टराईले भन्नुभयो । उहाँका अनुसार करिब १५ लाख मुल्य बराबरको अत्यावश्यक कोभिड अक्सिजन कन्सन्ट्रेटेड मेशिन ६ थान सहित अक्सिजन मेशिन (१० लिटर) चार थान, पिपिइ सेट पाँचसय थान, पञ्जा एकहजार पिस, मास्क १० हजार पिस स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । नमस्ते कम्यूनिटी फाउण्डेशन अध्यक्ष भिष्म पौडेलले दुई थान अक्सिजन कन्सन्ट्रेटेड मेशिन सहयोग गर्नुभएको थियो ।
सो सामग्रीका पोखराको पर्यटन व्यवसायी संघसंस्था, व्यवसायी लगायत रेवान पोखराका पूर्व महासचिव श्रीराम गिरीको समन्वयमा नेपलीज एशोसियशन जर्जिया अध्यक्ष भवन्द्रे बस्नेत र अमेरिकाको जर्जिया राज्यका लागि जनसम्पर्क दूत दीपक पहारी समेतले सहयोग गर्नुभएको संस्थाका महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

Facebook Comments Box