पोखरा महानगरपालिकाको अत्यावश्यकबाहेकका सबै सेवा बन्द

पोखरा । पोखरा महानगरपालिमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । महानगरले बिहीबार बिहान विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जानकारी गराएको हो ।

आफ्ना कर्मचारीमा कोरोना पुष्टि भएपछि अन्य कर्मचारी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुनाले सेवा बन्द गर्नु परेको महानगरको विज्ञप्तिमा उल्लेख छ । महानगरले अर्को सूचना नआएसम्म सेवा ठप्प रहेने जनाएको छ । यस्तै महानगरले डाँकेको पदाधिकारी बैठक समेत स्थगित हुने छन् ।वडा र विषयगत महाशाखाबाट दिइने सेवा भने सूचारु रहने छन् । 

Facebook Comments