Trending

पोखरा वडा नं. १ मा हामी  पाँच सय बढि मतले जित्छौँ ’-एमाले वडा अध्यक्षका उम्मेदबार प्रधान


पोखरा
पोखरामा यतिवेला चुनावी घरदैलोले तिव्रता पाएको छ । नेकपा(एमाले) पोखरा महानगरपालिका वडा नं. १ले पनि घरदैलो अभियानले तिव्रता दिएको छ । दैनिकजसो घरदैलो अभियानमा नेकपा (एमाले) का तर्फबाट १ नं. वडाका वडा अध्यक्षका प्रत्यासी साहरा प्रधान सहितको टोली घरदैलो अभियानमा छ । घरदैलो अभियानका क्रममा वडा अध्यक्षका प्रत्यासी प्रधानले नेकपा एमालेले वडा नं. १ मा पाँचसय बढि मतले जित्ने बताएका छन् ।
नेकपा बिभाजन पछि वडा नं. १ मा माओबादीका धेरै नेता कार्यकर्ता एमालेमा नै रहेको दावी गर्दै प्रधानले पहिलाको भन्दा धेरै मतान्तरले नेकपा(एमाले) ले चुनाब जित्ने बताए । प्रधानका अनुसार जसपाका पुर्व वडा अध्यक्षको उम्मेदवार पनि अहिले नेकपा (एमाले) को तर्फबाट सदस्य पदको उम्मेदवार बनेका कारण मतान्तर फरकिलो हुनेछ ।
बिगत पाँच बर्षमा वडा नं. १ मा एमालेको नेतृत्वमा बिकास निर्माणको काम धेरै भएको र केहि कामहरु पुरा गर्नुपर्ने भएकाले पनि जनताले सुर्यमा मतदान गर्ने प्रधानले बताए । प्रधानले बिगतमा वडाले सुत्केरी भत्ता लगायतका जनमुखी काम गरेको स्मरण गर्दै आगामी दिनमा स्वास्थ्य उपचारबाट कोहि पनि बञ्चित नहुन भनेर बिपन्न बर्गका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्ने बताए । नेकपा(एमाले) बाट वडा अध्यक्षका उम्मेदवार बनेका साहरा प्रधान सारदा पराजुलीको नेतृत्वमा सदस्य भएर काम गरेका थिए ।
पोखरा महानगरपालिका कै समृद्ध वडा निर्माणका लागि एमाले नेतृत्वलाई बिजयी बनाउन पर्ने प्रधानले बताए ।  
वडा १ मा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी प्रधानसहित सदस्यहरुमा   जुमकाजी गुरुङ, शोभा गुरुङ, जुकमाया दमाई, ठाकुरप्रसाद बगाले रहेका छन् । 

Facebook Comments Box