Trending

पोखरा २६ मा घरदैलो कार्यक्रम ९५ प्रतिशत पूरा



पोखरा, २५ वैशाख ।
नेकपा एमालेका पुराना नेता तथा समाजसेवी देवनन्द दाहालले एमाले बाहेक अरूले विकास नगर्ने बताएका छन् । आइतबार उक्त वडाका विभिन्न टोलमा भएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै दाहालले अबको नेतृत्वले राखिडाँडाको विकास गर्ने र त्यसको लागि सबै एकजुट भएर सूर्य ध्वाजावहाक उमेद्वारलाई जिताउन समेत अनुरोध गरेका छन् ।
घरदैलो कार्यक्रममा वडा अध्यक्षका उमेद्वार सूर्यनाथ भण्डारीले आफूले यहाँको हरेक समस्या बुझेको र त्यसको समाधान पनि आफूले नै गर्ने दावी गरे । प्रत्यासी भण्डारीले वडाको विकासका लागि भए पनि आफूलाई भोट दिन अनुरोध गरेका छन् ।
कार्यक्रममा वडा नम्बर २६ वडा कमिटीका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले राखि विकासमा सधै एमाले लागेको र अबको एमाले उमेद्वार जितेर आएपछि पहिलो काम राखिले प्रथामिकता पाउने बताए ।
पोखरा महानगर वडा नम्बर २६ का इन्चार्ज मनहरी ढुंगानाले जनताको सुख दुःखको साथी नेकपा एमाले भएकोले सबै मिलेर एमालेलाई जिताउन अनुरोध गरेका छन् ।
चुनाव प्रचार–प्रसार समिति संयोजक रामचन्द्र तिमिल्सिनाले अब सूर्य ध्वजावहाक ५ जनालाई नजिताएसम्म विश्राम नलिने प्रतिवद्धता व्यक्त गरेका छन् । आम जनता एमालेप्रति खुसी रहेको उनको दावी छ । आसन्न स्थानीय तहको निर्वाचन सात सूर्यमा सात छाप लगाई पोखरा महानगरपालिकाका मेयरको उमेद्वार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नं २६ का वडाध्यक्षका उमेद्वार भण्डारी, सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल लाई जिताउन संयोजक तिमिल्सिनाले अनुरोध गरेका छन् ।
पोखरा २६ मा नेकपा एमालेको घरदैलो कार्यक्रम ९५ प्रतिशत सकिएको वडा कमिटीका सचिव सूर्य प्रकाश ढुंगानाले जानकारी दिएका छन् । उक्त वडामा निर्वाचनलाई लक्षित गर्दै आज जलधारे हुँदै राखिडाँडासम्म घरदैलो कार्यक्रमको आयोजना गरिएको थियो ।

Facebook Comments Box