पोखरा ३३ भरत पोखरीको बरपाण्डेथुममा तुलसी खेती प्रारम्भ गरिदै


विश्व वातावरण दिवस वातावरण संरक्षणको आवश्यकता र अवस्थाबारे सचेतनामुलक कार्यक्रम गरी नेपालमा पनि मनाइन्छ । संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष जुन ५ मा यो दिवस मनाउने गरिन्छ । मानव जाति आँफु बस्दै आएको वातावरणको सर्जक र विनाशक दुवै रहेकाले वातावरण संरक्षण्मा मानवको भूमिका महत्वपूर्ण छ । यहि कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइन्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको सहकार्यमा “खाद्य हरयिाली सहर कार्यक्रम” अन्तर्गत पोखरा महानगरपालिका ३३ साविक भरतपोखरीमा तुलसी खेतीको आरम्भ गरेका छन् । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका अध्यक्ष केशवराज लम्सालले तुलसीको बिउ छरेर कार्यक्रमको उद्दघाटन गरे । साना ठूला गरेर तिन वटा टडेंलमा दुई किलो तुलसीको बिउ छरेका छौं । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको सेवा क्षेत्रका करीव दुई सय घरलाई प्रति घर ५० वोटा तुलसीका बिरुवा बितरण गर्ने र उहाँहरुलाई तुलसी खेती प्रति आकर्षण गर्ने बताए । बिरुवा रापेको ८० देखि ९० दिनसम्ममा तुलसी टिपेर बिक्रीका लागि तयार हुन्छ । तयार भएको तुलसीको बजारीकरणको जिम्मा बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले लिने छ । तुलसीको पत्ता बाट चिया र तुलसी बिउको माग अत्याधिक रहेकोले उत्पादन पछिको समस्या नरहेको चौतारीका सचिव मोती भुजेलले बताए । तुलसी महत्वपूर्ण बिरुवा हो थाहा थियो तर खेती नै गरिन्छ भन्ने अहिले थाहा पाएकोले आँफु र बन उपभोक्ता समुहका सबैलाइ यसमा जेडीन आव्हान गर्ने र सक्दो सहयोग गर्ने श्री गैरी भञ्ज्याङ्ग काफलडाँडा बन उपभोक्ता समुहका अध्यक्ष निलराज आचार्यले बताए । उक्त तुलसी खेती आरम्भ कार्यक्रममा दल बहादुर भुजेल, टेकनाथ आचार्य,भुजु कुमारी भुजेल, मन्जु आचार्य, दिलीप कार्की लगाएतले अवलोकन गरेका थिए ।

Facebook Comments Box