Trending

बिकास नेपालद्धारा पोखरा २० का कोभिड प्रभावितहरुलाई खाद्यान्न वितरण

पोखरा ।

बिकास नेपाल संस्थाद्धारा कोभिड १९ को दोश्रो लहरबाट प्रभावित पोखरा २० का ६८ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा पोखरा १५ हरियाली मार्गमा रहेको बिकास नेपालले कोभिडबाट प्रभावित अशक्त, अपांगता र कोरोना संक्रमणबाट समस्यामा परेका अति विपन्न साविक भलाम र मौजाका ६८ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले कोभिड १९ को महामारीबाट प्रभावितहरुलाई सहयोग गरी आफ्नो वडामा रहेकाहरुलाई केही हद सम्म राहत प्रदान गर्ने काम गरेकोमा बिकास नेपाल संस्थालाई धन्यवाद ब्यक्त गरे ।

वडाले मात्र नभइ आफ्नो पहलमा पनि अघिल्लो वर्ष विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरेको र त्यतिवेला पनि विभिन्न संघ संस्थाहरुको सहयोग रहेको र यसपटक पनि बिकास नेपालका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा सहितको टोलीले वडा संग समन्वय गरी आफ्नो वडाबासीलाई सहयोग गरेकोमा संस्थाप्रति विशेष आभार प्रकट गरे ।

बिकास नेपाल संस्थाका अध्यक्ष डाक्टर बुद्धि बहादुर थापा ले आपत विपतमा परेका पोखराका प्राय जसो वडामा सहयोग गरेको भएतापनि आफुहरुको संस्थाले पोखरा २० लाई बिशेष ध्यान दिएर खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको वताए । आगामी दिनमा मादि गाउ पालिका जाने कार्यक्रम रहेको उनको भनाइ रहेको थियो ।

सो अवसरमा प्रति व्यक्ति ३८००।– बराबर को खाद्ध्यान्न र स्वास्थ सामाग्री वितरण गरेको थियो । जसमा चामल– २५ के.जी ,चना– ३ के.जी ,तेल– २ लीटर, रातो दाल– ३ के.जी ,नुन– ३ के.जी र स्वस्थ सामग्री मा मास्क– २ प्याक,साबुन दिटोल –४ पिस,सेनिटाइजर आधा लिटर लगायतका सामग्री रहेका छन । कार्यक्रमको संचालन बिकास नेपाल का उपाअध्यक्ष बिमला के सी ले गरेकी थिइन ।

Facebook Comments Box