मेयर जिसीको शल्यक्रिया सफल

२ असार, पोखरा । मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन सफल  भएको छ । उच्च रक्तचापका कारण नसामा असर पुगेर सुन्निएपछि शल्यक्रिया गरीएको   सचिवालयले जानकारी दिएको छ ।

‘सुरुमा अप्रेसन नगर्ने कि भन्ने थियो । तर, नसा सुन्निएकाले अप्रेसन गरिएको  हो,’ मेयरसँगै काठमाडौं रहेका पूर्व स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने ।’

शुक्रबार बिहान ४ बजे स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई अस्पताल लगिएको थियो । उपचारमा संग्लग्न चिकित्सकले उनको मस्तिष्कघात भएको पुष्टि गरेका थिए ।

पोखराकै मणिपाल अस्पतालमा प्राथमिक उपचारपछि उनलाई दिउँसो हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो । मस्तिष्कघातका कारण नसामा असर पुग्दा शरीरको देब्रे भागमा समस्या देखिएको सचिवालयले जानकारी दिएको छ ।

Facebook Comments Box