राष्ट्रिय युवा संघ नेपाल ले जीवनराम श्रेष्ठको पुत्लाको लास बनाइ जलायो।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौको सितापाईलामा जीवनराम श्रेष्ठको पुत्लाको लास बनाइ जलाएको छ। सीतापाईला बाट एकाएक पचासौं मलामी सहित लास लिएर निस्किएको लावा लस्करलाई सेल्सबेरी पुगेपछि पुलिसले हस्तक्षेप गरेको थियो । मुटभेट सुरु भएपछि पेट्रोल खन्याएर पुत्ला दहन गरेको थिए। आन्दोलनका प्रमुख उपस्थिति संघका केन्द्रीय सचिव माहाराजा गुरुङले कोण सभामा उपस्थित कार्यकर्तालाई सम्बोधन गरेका थिए। भने कार्यक्रमको कमाण्ड गरेका संघका स्थायी कमिटी सदस्य मोदनाथ सिलवाल(सन्तोष)ले कोट सभा संचालन गरेका थिए। उक्त बिरोध कार्यक्रममा संघका केन्द्रीय सदस्य दिपेश श्रेष्ठ (पेरिस) र अर्का कार्यक्रता विश्व राज गुरुङ घाइते भएका थिए। संघका सचिवालय सदस्य र केन्द्रीय सदस्यको उपस्थिति रहेको कार्यक्रममा नेकपा एमाले जिन्दावाद, माधवकुमार नेपाल मुर्दावाद, जिवनराम श्रेष्ठ मुर्दावाद, राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद जस्ता नारा लागेको थियो।

Facebook Comments Box