शीर्ष नेताका कार्यशैलीप्रति योगेश असन्तुष्ट

काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले एमाले एकता नहुनुको मूल जड पार्टीभित्र आपसमा सहकार्य गर्न तयार नहुने रहेको बताएका छन् ।

उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत अरु दलसँग सहकार्य गर्न तयार हुने तर पार्टीका नेतासँग मिल्न किन तयार नभएको ? भन्दै प्रश्न गरेका छन् ।

“एमालेको एकताको मूल जड ? कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्तासाझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने,” उनले लेखेका छन्, “कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्तासाझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केका लागि गर्दै छ यो सब ?”

उनले एमाले एकताको समस्याको मूल जड यही रहेको बताएका छन्  ।  यस विषयमा गम्भीर छलफल र साझा निष्कर्षका साथ साझा अभियानमार्फत एमालेको एकता बचाउन जरुरी रहेको उनको भनाइ छ ।

Facebook Comments Box