शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता नलिने माधव नेपाल पक्षको निर्णय

२४ जेठ, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै सर्वोच्च अदालतमा दर्ता गरिएको हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको छ ।

पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे आह्वानबारे छलफल गर्न बसेको खनाल–नेपाल पक्षको स्थायी कमिटीको बैठकले हस्ताक्षर फिर्ता नलिने निर्णय गरेको हाे । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नै प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने शर्त अगाडि सारेको छ ।

बैठकले पार्टी २०७५ जेठ ३ पूर्वकै अवस्थामा मुलभूत रुपमा फर्कन तयार रहेको बताउनु र सर्वोच्चमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखिनु नै विरोधाभासपूर्ण रहेको निकर्ष निकालेकाे खनाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिनुभयाे ।  खनाल–नेपाल पक्षले यसअघि अगाडि सारेको ६ बुँदे प्रस्तावलाई नै अगाडि सारेर फेरि आज वक्तव्य प्रकाशित गर्ने तयारी भएको जानकारी दिनुभयाे।

Facebook Comments Box