Trending

१० औं सस्करणको बगर भाई खलक एट ए साइड अन्तिम साता

पोखरा ।

कोभिड–१९ को सक्रमण पोखरामा कम हुन थाले पछि एक पछि अर्को गर्खै खेलकुद प्रतियोगिता आयोजनाका मितीहरु तय हुन थालेका छन । यसै विच पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले १० औं सस्करणको बगर भाई एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिता फागुनको अन्तिम साताबाट आयोजना गर्ने भएको छ ।

भाई खलकको पोखरामा शनिबार सम्पन्न कार्यसमितीको वैठकले “चौथो स्वर्गिय रञ्जित गुरुङ स्मृती तथा १० औं बगर भाई खलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता” आगामी फागुन २४ देखि २९ गते सम्म आयोजना गर्ने जनाएको हो । “स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहका पाका खेलाडीहरु समेटेर भेट्रान्सस फुटवल प्रतियोगीतामा आयोजना गर्दै आइरहेको छ ।

सम्पन्न बैठकले प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न संस्थाका अध्यक्ष गुरुङ संयोजक तथा उपाध्यक्ष तेज गुरुङ सह–संयोजक रहने गरि १ सय ५ सदस्यिय मुल आयोजक कमिटी गठन गरेको छ । त्यसै गरी आर्थिक समितीको संयोजकमा इश्वर गुरुङ, मञ्च व्यवस्थापनमा ओमकार गिरी, प्राविधिक तथा अनुशासनमा दिनेश कुमार श्रेष्ठ, सचिवालयमा याम गुरुङ, यूवा तथा स्वयं सेवक परिचालनको संयोजकमा धन कुमार गुरुङ र सह–संयोजकमा खगेन्द्र गुरुङ रहको छन ।

त्यसै गरी शुरक्षा व्यवस्थापन समितीको संयोजकमा नारायण प्रसाद शर्मा, टिम व्यवस्थापनमा इश्वर गुरुङ ‘चन्द्र’, प्राथमिक उपचारमा बाबुराम पौडेल, प्रचार–प्रसारमा मानकाजी गुरुङ, अतिथी सत्कारमा रमेश कुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्वन्धमा मदन केसी र वसोवास व्यवस्थापनको संयोजकमा हिटलर घले रहेको भाई खलकले जनाएको छ ।

प्रतियोगिताको उपाधी विजेता टिमले प्रथम पुरस्कार विजेताले नगद रु. १ लाख ११ हजार रनिङ्ग शिल्ड, पदक र प्रमाणपत्र, उप विजेताले नगद रु. ५५ हजार ५ सय ५५ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसै गरी यस वर्ष देखि सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु. १० हजार प्रोत्साहन स्वरुप प्रदान गर्ने संस्थाले जनाएको छ ।

त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद रु. ५ हजार प्रदान गरिदेछ साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद रु.१० हजार दिइने छ । त्यस्तै अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका म्यान अफ दि म्याच लाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

करिव १२ लाख खर्च हुने उक्त प्रतियोगितामा मित्र राष्ट्र भारत र नेपालका गरि करिव २५ टिमको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिएका छन । केही दिन अघि मात्रै वगर भाई खलकले हेटौडामा सम्पन्न भेट्रान्स फुटबलमा उपाधी विजेता रहेकोले पनि निकै जोसका साथ १० औं सस्करण आयोजना गर्न अघि बढेको अध्यक्ष गुरुङले बताएका छन ।

पोखराको टुँडी खेल मैदानमा आयोजना हुने प्रतियोगिता अघि टुँडी खेल मैदान निर्माण कार्य समेत अघि बढ्ने अध्यक्ष गुरुङले जानकारी दिएका छन । यूवा तथा खेलकुद मन्त्रालयको पहलमा गत वर्ष १५ लाख खर्च गरि टुँडी खेल संरक्षणको अभियान शुरु गरिएको र यो वर्ष करिव २५ लाख खर्च गरिने उनले बताए । उनले भने–“टुुँडीखेल संरक्षणका लागि गठित समितीले टुँडी खेल वरपर रहेको प्रहरी विट सँगै केही संस्थाहरुको भवन स्थान्तरणका लागि आग्रह गरेको छ, आशा छ सबैको सहयोग रह्यो भने हामीले छिट्टै टुँडी खेललाई पूर्ववत अवस्थामा फर्काउने छौं ।”

Facebook Comments