
पोखरा ।
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको लेकसाईड मदिरा ब्यवशायी समितिले विशेष गजल वाचन कार्यक्रम सहित नया वर्ष २०७८ को भित्तेपात्रो विमोचन गरेको छ । विभिन्न श्रष्टाहरुको गजल बाचन सहित उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल, वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशी, लेकसाईड मदिरा ब्यवशायी समितिका अध्यक्ष रोशन देवकोटा लगायतले नयाँ वर्षको भित्तेपात्रो बिमोचन गरेका थिए ।
सो अवसरमा वोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले लेकसाईड क्षेत्रमा रहेका मदिरा ब्यवशायीहरुको हकहित र ब्यवशायीहरुलाई कानुन कार्यान्वयन संगै ब्यवशायीक आचार संहिताको बारेमा संघले सहजिकरण गर्नुपर्नेमा जोड दिए । त्यसैगरी संस्थाको आचार संहिता विपरित काम गर्ने ब्यवशायीहरुलाई कानुनी दायरामा ल्याइ सचेत गराउदै ब्यवशायीलाई सुदृढ गर्नका लागी ब्यवशाय कर, ब्यवशायिक संस्थाको नविकरणको बारेमा आफ्ना सदस्यहरुलाई अभिमुखीकरण गराइ संस्थालाई अगाडी वढाउन आग्रह गर्दै बरालले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी काम गर्न समेत आग्रह गरे ।
त्यस्तै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले पर्यटकीय क्षेत्र लेकसाइड संग सुरक्षाको सम्पूर्ण कुराहरु जोडिने भएकाले सम्पूर्ण ब्यवशायीहरुले आ आफ्नो जिम्मेवारी बहन गरी पर्यटकीय शहरलाई ब्यवस्थित गराउनुपर्नेमा जोड दिए ।
मदिरा भन्ने बित्तिकै सुरक्षा संग सिधै जोडिने भन्दै जोशीले ब्यवशायीहरु आपसी द्धन्द्धमा रहेका कारण कहिकतै समस्या उत्पन्न हुने वताउदै प्रहरी प्रशासनले कोही कसैसंग पूर्वाग्रही नबनिकन प्रशासनको नियम अनुसार काम गर्ने भएकाले ब्यवशायको सुरक्षाकै लागि प्रहरीले दिन रात नभनी काम गरिरहेकाले सम्पूर्ण संग सहकार्य गरेर अगाडी वढ्ने उनको भनाइ रहेको थियो ।
सो अवसरमा वरिष्ठ संगीतकार तथा गजलकार नबराज वराल, गजलकार नबराज वराल (निशान्त), गजलकार धु्रव बराल (विपश्वी), गजलकार अमृता पोखरेल लगायतले गलज प्रस्तुत गरेका थिए ।
लेकसाईड मदिरा ब्यवशायी समितिका अध्यक्ष रोशन देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दिनदयाल पाण्डेले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव बालहरि बरालले गरेका थिए ।